लगानी आकर्षित गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्यका लागि प्रतिबद्ध छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा वैदेशीक लगानी आकर्षित गर्न र नयाँ अवसरहरू सिर्जना गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

लगानी वोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको संयुक्त आयोजनामा नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

नेपालको विकास प्रयासमा वित्तीय संस्था र विकास साझेदारहरूका साथै निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न सरकार उत्सुक रहेको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री प्रचण्डले भने – ‘सरकार विदेशी लगानी आकर्षित गर्न र नयाँ अवसरहरू सिर्जना गर्न हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध छ। हामी हाम्रो देशको विकास प्रयासमा वित्तीय संस्था र विकास साझेदारहरूसँग निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक छौं।’

नेपालको लगानीको रहेका खाडलका नवीन, दिगो समाधान खोजिरहेको प्रधानमन्त्रीले बताएका छन् । लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलनले नेपालका रणनीतिक पूर्वाधार परियोजनाहरूको विकासमा योगदान पुर्‍याउने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।

लगानी सम्मेलनले नेपालमा रोजगारी सृजनाका साथै व्यापारका लागि नयाँ अवसरहरू सिर्जना गर्न मद्दत गर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्