काठमाडौंवासीका लागि २४ सै घण्टा निः शुल्क एम्बुलेन्स सेवा दिने मेयर शाहको घोषणा

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

उनले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नुपर्ने छैन ।’

कमेन्ट गर्नुहोस्