काठमाडौं । सामाजिक सञ्जालमध्ये अत्याधिक प्रयोग हुने ह्वाट्सएपले मेसेज इडिट विकल्पको परीक्षण सुरु गरेको छ । यो पछिल्लो समय व्यापक प्रयोग गरिने मेसेज प्लेटफर्ममध्ये एक हो। पछिल्लो समय मेटाले यसमा निरन्तर नयाँ सुविधा थप्ने काम गरिरहेको छ।
मेटाले अब ह्वाट्सएपमा मेसेज इडिट विकल्पको परीक्षण सुरु गरेको छ। सन् २०१६ मा यस्तै फिचर टेलिग्रामले ल्याएको थियो। छिट्टै ह्वाट्सएपका सबै प्रयोगकर्ताका लागि सार्वजनिक गर्ने तयारी गरिएको इडिट विकल्प अहिले बीटा परीक्षण प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ।
डब्लूएबेटाइन्फोमा आफूले पठाएका मेसेज सम्पादन गर्ने सुविधा प्रदान गरिएको छ। परीक्षणका क्रममा रहेको यो फिचर एन्ड्रोइड बिटा परीक्षकहरूका लागि सम्पादन बटन रोल आउट गर्न सुरु गरिएको छ। व्हाट्सएपले यो हप्ताको सुरुमा व्हाट्सएप वेबमा सम्पादन सुविधा ल्याएको थियो, अब कम्पनीले यसलाई एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि पनि ल्याइरहेको छ।
चाँडै सबै प्रयोगकर्ताका लागि ल्याउने तयारी गरिएको यो फिचरमा ओभरफ्लो मेनुअन्तर्गत नयाँ सम्पादन बटन देख्न सकिनेछ। जसमार्फत प्रयोगकर्ताहरूले आफूले सम्पादन गर्न चाहेको सन्देशमा लामो प्रेस गरेर शीर्ष दायाँ कुनामा तीनवटा थोप्लाहरूमा ट्याप गरी इडिट गर्न सक्नेछन्।
तर तपाईंले पठाएको मेसेज इडिट गरिएको जानकारी भने मेसेज पठाएको व्यक्तिले थाहा पाउन सक्नेछन्।