काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
हिरासतमा सानु भण्डारीलाई भेटेका उनीमाथी पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी स्रोतले जानकारी दियो ।
यो प्रकरणमा मुछिएका कांग्रेस नेताले शेर्पालाई भण्डारीसँग भेट गर्न पठाएको र बयान प्रभावित गर्न खोजेको आरोप लागेको थियो । शेर्पाले जिल्लाका विभिन्न व्यक्तिहरूलाई अमेरिका पठाइदिने भन्दै रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।
शेर्पा २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका थिए ।