काठमाडौं । प्रहरीले फरार एमाले सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको सूचना संसद सचिवालयलाई दिएको छ।
कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी प्रहरीले प्रतिनिधि सभामा जानकारी दिएपछि सभामुखले निलम्बन गर्ने प्रावधान छ।
प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा सांसद पक्राउ परेको सूचना सभामुखले सदनलाई जानकारी दिनुपर्ने व्यवस्था छ।
भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार भएका थिए। उनलाई आइतबार साँझ प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो।
वैशाख २० गते प्रहरीले पक्राउ पुर्जी जारी गर्दा अर्घाखाँचीमा रहेका रायमाझी त्यसयता फरार थिए ।