एमालेका दुई सांसद : कोइरीपछि रायमाझी पनि निलम्बित !

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित छन् भने एमालेकै अर्का सांसद टोपबहादुर रायमाझी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेसँगै निलम्बित हुने भएका छन्।

हत्या अभियोग लागेका कोइरी प्रहरीको फरार सूचीमा रहेर निलम्बनमा परेका हुन् भने टोपबहादुर रायमाझि नक्कली भुटानी शरणार्थी काण्डका कारण अदालत पुगेका छन् ।

याे पनि पढ्नुस  शरणार्थी प्रकरणले तातेको सदनलाई विषयान्तर गरेर सित्तल पार्ने एमालेको प्रयास

प्रहरीले रायमाझीलाई गएराति बुढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको थियो। पक्राउ गरेको सूचना संसद् सचिवालयमा पुगेपछि सो सुचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाएका छन् । रायमाझीलाई अदालतले दोषी ठहर गरेमा उनी सांसदबाट निलम्बित हुने छन्।

कमेन्ट गर्नुहोस्