वैदेशिक रोजगार विभागको महानिर्देशकमा दहाल नियुक्त

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकमा मदन दहाल नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णय अनुसार आज मन्त्रालयका सहसचिव दहाललाई विभागमा पठाउने निर्णय गरेको हो ।

राजश्व अनुसन्धान विभागको महानिर्देशक पछि श्रम मन्त्रालयमा सरुवा भई आएका दहालले नेपाल इन्भेष्टमेन्ट बैंकको अरबौँ कर छलीको अनुसन्धान अघि बढाएसँगै चर्चा पाएका थिए ।

मुख्य व्यक्तिहरूको मात्र बयान लिन बाँकी छँदा उनकै सरुवा भएको थियो । यसपछि केही समय मन्त्रालय बसेका दहाललाई मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार विभागमा पठाएका हुन्।

दाहाललाई महानिर्देशक बनाइ पठाइएसँगै त्यहाँका महानिर्देशक उमाकान्त आचार्यलाई मन्त्रालय ल्याइएको छ । आचार्यले ९ महिना विभागीय प्रमुख भएर काम गरे ।

कमेन्ट गर्नुहोस्