काठमाडौं । कामिरिता शेर्पाले सगरमाथा आरोहणमा आफ्नै विश्व रेकर्ड तोडेका छन्। उनले बुधबार बिहान साढे ८ बजे २७औं पटक सगरमाथा आरोहण गरी नयाँ विश्व रेकर्ड बनाएका हुन्।
सोलुखुम्बुका शेर्पाले अघिल्लो वर्ष २६औं पटक हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेका थिए।
सन् १९७० मा जन्मिएका शेर्पा सेभेन समिट ट्रेकका सिनियर गाइड हुन्। उनी सन् १९९२ मा सहयोगीका रुपमा सगरमाथा आरोहणमा जोडिएका थिए।
उनले केटु, चोयु, लोत्से र मनास्लु हिमाल पनि आरोहण गरिसकेका छन्।