बेपत्ता योद्धाका परिवार तथा आफन्त प्रचण्ड सरकारको कामदेखि खुसी, भेटेर दिए धन्यवाद

काठमाडौं । जनयुद्धमा बेपत्ता पारिएकाका परिवार तथा आफ्नतजनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् ।

आज (बुधबार) बिहान उनीहरूले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी सरकाले राम्रो गर्न खोजेको भन्दै खुसी व्यक्त गरेका हुन् । सरकारले जनयुद्धका शहिद तथा बेपत्ता योद्धाहरूको सपना अनुसार काम गरेको भन्दै अहिले माओवादीका जुनसुकै धारामा रहेका भएपनि आफुहरूले सबै परिवारजन तथा आफन्तहरूले खुसी हुँदै धन्यवाद व्यक्त गरिरहेको उनीहरूको भनाई थियो ।

बेपत्ता योद्धा परिवार समाजको तर्फबाट बोल्दै अधिवक्ता एकराज भण्डारीले प्रधानमन्त्री प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा मनाउँने,शहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने, नक्कली भुटानी शरणार्थी प्रक्ररणका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने लगाएत जनजिवनका सवालमा थुप्रै राम्रा काम गरेको भन्दै खुलेर प्रशंसा गरेका छन् । साथै थप काम गर्नका लागि आफुहरूले सहयोगी भुमिका खेल्ने समेत उनले बताए ।

उनले भने – ‘प्रधानमन्त्री प्रचण्डले आफ्नो एकल बहुमत नहुँदा पनि सरकारको नेतृत्वमा रहेर शहिद तथा बेपत्ताको सपना पुरा गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको छ । जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा मनाउँने र शहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने कुराले हामी शहिद तथा बेपत्ता परिवार हर्सित भएका छौं । प्रधानमन्त्री प्रचण्डको यस कदमको खुलेर प्रशसा गर्न चाहान्छौं । र काम गर्न थप हौसला प्रदान गर्न चाहान्छौं ।’

बेपत्ता योद्धाहरूको अवस्था सार्वजनिक गर्नुपर्ने,राज्यले वेपत्ता परिवारलाई अभिभावकत्व प्रदान गर्नुपर्ने,शान्ति प्रक्रियाका बाँकि काम तुरुन्त सम्पन्न गर्नुपर्ने उनीहरुले बताए।

भेटका क्रममा उनीहरूले बेपत्ताका आफन्तहरूको संस्था ‘वेपत्ता योद्धा परिवार समाज’ले जेठ ७ गते नाँचघर जमलमा गर्न लागेको ‘वेपत्ता योद्धाको सपना सार्वजनिकरण’कार्यक्रममा प्रधानमन्त्रीलाई निमन्त्रण समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्