द्वन्द्वकालको जघन्य अपराधमा संलग्नले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका काम शान्ति सम्झौताको मर्मअनुसार समाधान गर्न सरकार दृढ रहेको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन्।

‘जनयुद्ध र जनआन्दोलका घाइतेलाई परिपूरण र पुनर्स्थपानाको काम अघि बढ्नेछ। सरकारको तर्फबाट बृहत् राजनीतिक सहमतिका लागि निरन्तर प्रयास गरेको छु’, उनले भने, ‘विस्तृत शान्ति सम्झौतासँग सम्बन्धित कुराहरुलाई सहमतिमै मिलाउनुपर्छ। शान्तिप्रक्रियाका बाँकी काम सक्न सरकार दृढ छ।’

याे पनि पढ्नुस  नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन

उनले शान्ति सम्झौतामा हस्ताक्षर गरेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले अब पछाडि फर्केर हेर्न ठीक नहुने बताएको पनि उनले सुनाए।

‘गिरिजाप्रसाद र मैले शान्ति सम्झौतामा हस्ताक्षर गर्दै गर्दा विस्तृत शान्ति सम्झौतालाई अन्तरिम संविधानको अंग बनाएपछि बेपत्ता छानबिन र सत्यनिरुपणको काम एकै पटक सक्नुपर्छ भनेको हो’, उनले भने, ‘गिरिजाप्रसादले यो समस्यालाई बाँकी राख्न नहुने बताइरहनु हुन्थ्यो। फर्गिभ र फर्गेट गरौँ भन्नु भएको थियो। छानबिनमा लाग्दा शान्ति प्रक्रियामा समस्या आउँछ भन्ने उहाँको धारणा थियो।’

याे पनि पढ्नुस  क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा कपोलकल्पित हाे, छानविन गरौं पुष्टि भए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालमा जघन्य अपराधमा संलग्नहरुलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने कुरामा सरकार दृढ रहेको पनि बताएका छन्।

कमेन्ट गर्नुहोस्