सावर्जनिक सेवा प्रवाहमा प्रचण्ड कदम : विद्यार्थीदेखि आम जनता उत्साहित

सन्तोषी कार्की 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार गठन भएको धेरै समय भएको छैन । तर पनि यो सरकारले गरेको धेरै महत्वपूर्ण कामको यति खेर जतासुकै चर्चा सुरु भएको छ । विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म विद्यार्थीको हात–हातमा पुस्तक पुग्न मुस्किल थियो । तर प्रचण्ड नेतृत्वको सरकार आएसँगै यो वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै दुर्गम जिल्लाहरुमा समेत पुस्तक पुगे । गत सालहरुमा शैक्षिक सत्र शुरु भएको दुई तीन महिनापछि मात्रै किताब पाइने भए पनि यो वर्ष समयमै पाइएपछि विद्यार्थीहरुसमेत खुसी देखिएका छन् ।

पछिल्लो समय सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा चालेको कदमलाई सबैले सकारात्मक रुपमा लिएका छन् जसको जनस्तरबाट स्वागत भैराखेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले निष्पक्ष रुपमा छानविन गरीरहेको प्रष्ट देखिन्छ । सरकार गठन भएयता वर्तमान सरकार यसबीचमा सोधानन्तर घाटा कम गर्न, विप्रेशण आप्रवाह बढाउन, विदेशी विनिमय संचिति बढाउनुको साथै राज्यका निर्देशक नीति, सिद्धान्त र दायित्वको कार्यान्वयनमा प्रखर देखिएको छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिबाट शपथलिएपछि पुस ११ गतेदेखि कार्यभार सम्हालेका थिए । प्रचण्ड नेतृत्वको सरकारमा करिब २ महिना अहिलेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नै यो सरकारमा सामेल थियो । तर एमाले फागुन १६ गते सरकारबाट बाहिरियो । एमाले, रास्वपा र राप्रपाले सरकार छोडेपनि कांग्रेससहित जसपा, लोसपा नागरिक उन्मुक्ति पार्टीले अहिले सरकारमा सहभागी भएर सकारात्मक कामहरुलाई प्राथमिकताका साथ अगाडी बढाएका छन् । वर्तमान सरकारको कार्यशैलीले यो पटक सबैलाई खुसी बनाएको छ । हरेक मन्त्रालयले आफ्नो जिम्मेवारीलाई महत्वपूर्णका साथ निर्वाह गरेका छन् ।

याे पनि पढ्नुस  चिनियाँ समकक्षी ली खछ्याङको प्रचण्डलाई बधाई सन्देश –‘चीनको पूर्ण साथ रहनेछ’

यही शिलशिलामा सरकारले विदेशमा उच्च शिक्षा अध्ययनका लागि चाहिने वैदेशिक अध्ययन अनुमति पत्र–एनओसी लिन अब काठमाडौं नै धाउनु पर्ने बाध्यताबाट सबैलाई मुक्त बनाएको छ । सावर्जनिक सेवा प्रवाह छिटो–छरितो बनाउने सरकारको लक्ष्य अनुसार शिक्षा मन्त्रालयले यही जेठ १ गतेदेखि एनओसीमा अनलाइन प्रणाली लागू गरेको हो । अब विद्यार्थीले घरमै बसेर एनओसी प्राप्त गर्नसक्ने व्यवस्था मन्त्रालयले मिलाएको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेशमा जान चाहने विद्यार्थीले अध्ययन अनुमतिपत्र–एनओसी पत्र लिन घण्टौं लाइनमा बस्नु पर्ने बाध्यता थियो । यो अवस्था अन्त्य गर्न शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति पत्र शाखाले अनलाइनबाट एनओसी वितरण सुरु गरेको हो । विद्यार्थीले अनलाइन माध्यमबाट आवेदन दिएपछि कागजातहरु भेरिफिकेसन गर्ने, राजस्व दाखिला गर्ने र एनओसी आफैँ प्रिन्ट गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

एनओसी शाखा प्रमुख वासुदेव वस्ती भन्छन, सरकारी सेवा प्रदायक संस्थामध्ये सेवाग्राहीको भिडभाड हुने संस्थामा एनओसी पनि पर्छ । विद्यार्थी कार्यालयमै उपस्थिति हुँदा झन्झट भएको, भिडभाड बढेको र टाढाटाढाबाट आउनेलाई असहज भएकाले अनलाइनबाटै सेवा प्रदान गर्न थालिएको हो ।

याे पनि पढ्नुस  राजश्व छली र पूँजीबजारमा हुने सेटिङ भत्काउछौं : प्रधानमन्त्री प्रचण्ड

वस्तीका अनुसार ०७७ भदौदेखि सेमी–अनलाइन रूपमा प्रदान भइरहेको वैदेशिक अध्ययन अनुमति शाखाको सेवा प्रवाहलाई अझ सरल, सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउन वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ जारी गरिएको थियो । निर्देशिकाको दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरेर आफ्नो वैदेशिक अध्ययन स्वीकृति–पत्र डाउनलोड गर्न सकिनेछ ।

यस्तै, शिक्षा मन्त्रालयले २३ वटा विभिन्न बैंक र वित्तिय संस्थासँग सम्झौता गरी विदेशी मुद्रा सटही गर्न सकिने व्यवस्थासमेत मिलाएको छ । यसका अलावा विद्यार्थीको विवरण हेर्न राष्ट्रिय परीक्षा बोर्ड तथा अध्यागमन विभागसँग पनि जोडिइसकेको मन्त्रालयको भनाइ छ । यसबाट विद्यार्थीको समय र रकमसमेत बच्ने भएको छ । अनलाइनबाट एनओसीसँगै विदेशी मुद्रासमेत सटही गर्न पाउने भएपछि विद्यार्थी र अभिभावक खुसी छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले अनलाइन प्रणालीबाट सेवा सुचारु भएपछि सेवाग्राहीलाई थप सहज भएको प्रतिक्रिया दिए ।

केही समयअघि मात्रै उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया पुगेकी बागलुङकी मेलिना कौचा मगरले आफुले पहिला एनओसी लिनका लागि घण्टौ लाइन बसेको स्मरण गर्दै अहिले सरकारले सुरु गरेको अनलाईन प्रणाली सकरात्मक र स्वागत योग्य रहेको एभरेष्ट दैनिकलाई प्रतिक्रिया दिइन् । उनले भनिन, सरकारको यो कदम उच्च शिक्षा अध्ययनका लागि विदेशी जाने विद्यार्थीहरूलाई त सहज भयो नै यसले अभिभावकलाई समेत राहत दिने काम गरेको छ ।

याे पनि पढ्नुस  विमानस्थल उदघाटनमा खुसीले झुम्मिए पोखरावासी, प्रधानमन्त्रीले भने– समृद्धिको सपनामा महत्वपूर्ण योगदान

हालै मात्र उच्च शिक्षा अध्ययनका लागि छोरालाई अष्ट्रेलिया पठाएकी ललितपुर धापाखेल निवासी नमिता कार्कीले पनि सरकारको यो कदमको खुलेर प्रसंसा गरिन । उनले एभरेष्ट दैनिकसँगको कुराकानीमा भनिन, मेरो छोरालाई अध्ययन अनुमति पत्र लिनका लागि घण्टौ लाईन बस्नु परेको थियो । तर अहिले घरबाटै बसि बसि एनओसी लिन सकिने अनलाईन प्रणाली सुरु भएको देखेर निक्कै खुसी लागेको छ । उनले अगाडी थपिन मेरो छोराले दुःख पाए पनि अन्य अभिभाभवको छोरा–छोरीले यो सुविधाबाट झनझट व्यहोर्नु पर्ने छैन यसैमा खुसी छु म ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृति आवेदन तर्फ प्रवक्ता र सुचना अधिकारी समेत तोकेको छ । सुचना अधिकारी शंकर अधिकारीले विधार्थीको भिड र अभिभावको चिन्तालाई सरकारले डिजिटल प्रविधि मार्फत सहजता प्रदान गरेको बताए । विश्वका १ सय ६ वटा देशमा ७० भन्दा वढी विषयमा अध्ययनका लागि नेपाली विद्यार्थीहरु विदेशिने गरेका छन् । चालु आर्थिक वर्षको १० महिनामा ९१ हजार २ सय १७ जनाले एनओसी लिएका छन् भने यसअवधिमा वैदेशिक अध्ययनका नाममा ६८ अर्ब रुपैयाँ बाहिरिइसकेको छ ।

कमेन्ट गर्नुहोस्