काठमाडौं । हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन उप्रधानमन्त्रीदेखि बहालवाला सचिव समेत छन् ।
पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान भैरहेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई विदेश पठाइदिने भन्दै रकम असुल गरी ठगी गरेको खुलेपछि सरकारले यो प्रकरणमा अनुसन्धान सुरु गरेको हो ।
यो प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका एमाले उपाध्यक्ष तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक फरार छन् ।
आरोपितमाथि प्रहरीले अनुसन्धान गरी त्यसको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनेछ । त्यसपछि सरकारी वकिलको कार्यालयले प्रहरीको प्रतिवेदन अध्ययन गरी प्रक्रिया अगाडि बढाउनेछ ।
पक्राउ परेका १६ आरोपितको नामावली–
१. टोपबहादुर रायमाझी – तत्कालीन उपप्रधानमन्त्री
२. बालकृष्ण खाँण – पूर्वगृहमन्त्री
३. टेकनारायण पाण्डे – बहालवाला सचिव (तत्कालीन गृहसचिव)
४. इन्द्रजित राई – तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार
५. आङटावा शेर्पा – तत्कालीन सभासद
६. शमशेर मियाँ – नेपाल हज समितिका अध्यक्ष
७. टेकनाथ रिजाल – भुटानी शरणार्थी नेता
८. सन्दीप रायमाझी – तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा
९. नरेन्द्र केसी – पूर्वगृहमन्त्री बालकृष्ण खाँणका पीए
१०. रामशरण केसी – बिचौलिया
११. गोविन्द चौधरी – बिचौलिया
१२. केशव दुलाल – बिचौलिया (तत्कालीन उपप्रधानमन्त्री सुजाता कोइरालाका पीए)
१३. सानु भण्डारी – बिचौलिया
१४. टंक गुरुङ – बिचौलिया
१५. सन्देश शर्मा पोखरेल – बिचौलिया
१६. सागर थुलुङ – बिचौलिया