पूर्वसभामुख सापकोटाकाे नेतृत्वमा माओवादी केन्द्रको टोली चीन प्रस्थान

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागि आज (शुक्रबार) त्यसतर्फ प्रस्थान गरेका छन्।

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली अनुभव आदानप्रदानका लागि चीनको छिन्दु प्रस्थान गरेको हो ।

प्रतिनिधि मण्डलले तिब्बतको ल्हासा, राजधानी बेइजिङ र सिहाङ्को अवलोकन भ्रमण गर्ने छ भने विविध छलफलमा सहभागी हुने कार्यक्रम छ।

भ्रमण दलमा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्वसभामुख सापकोटासहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य र नेताहरू केशवप्रसाद नेपाल, परशुराम पटेल, जगतप्रसाद यादव, टेकेन्द्र प्रसाद भट्ट, सुबोधराज सर्पाली, आस्मान रोका, मनहरि शर्मा, लक्ष्मी कन्या बुढा, आङ दावा शेर्पा, गीता कुमारी कँडेल, सेशुराम भण्डारी, हर्क बहादुर नेम्वाङ, सुदर्शन बराल, प्रकाश श्रेष्ठ, गणेश प्रसाद मैनाली र कुबेर बहादुर ओली रहेका छन् ।

सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल २०८० जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्