काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ ।
सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बजे बस्ने मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
यो बैठक पछि आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।