काठमाडौं । जनकपुरमा बुद्ध एयरको जहाजमा मुसा फेला परेको छ। आज बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा फेला परेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित भएको थियो।
४९ जना यात्रु बोकेर उड्ने तयारीमा रहेको जहाजमा मुसा फेला परेपछि इन्जिनियरहरूले जहाजको परीक्षण गरिरहेको बताइएको छ। परीक्षण भएपछि मात्रै उडान गरिने प्रवक्ता निरौलाले बताए।
सो जहाज काठमाडौँबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो । जहाजमा ४९ जना यात्रु रहेका थिए । प्रवक्ता निरौलाले जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौँबाट इन्जिनियरको टोलीले जनकपुर गएर जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने बताए ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार सो जहाज अहिले इन्जिनियरले चेकजाँच गरिरहेका छन् । प्राविधिक परीक्षणपछि जहाज सञ्चालनमा आउनेछ । सो जहाजका यात्रुलाई अर्को जहाजमार्फत काठमाडौँ ल्याइसकिएको कर्णले बताए ।