नीति तथा कार्यक्रममाथि छलफल आज सुरु हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बिहान ११ः०० बजे बस्ने बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बारे छलफल प्रारम्भ हुने छ ।

आज संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नै नीति तथा कार्यक्रमलगायतका विषयमा बोल्ने बुझिएको छ ।

यसपछि हुने छलफलमा सांसदले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् ।

नीति तथा कार्यक्रममाथि छलफल गर्न जेठ ७, ८, ९, १० र ११ गतेका दिनहरु तोकिएको सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्