काठमाडौं । दश वर्षे जनयुद्धकाे अवधिमा बेपत्ता परिएकाहरूको स्मरणमा आज १४ औं राष्ट्रिय बेपत्ता योद्धा स्मण दिवस आज मनाइदै छ ।
२०५६ जेठ ७ गतेका दिन तत्कालिन नेकपा (माओवादी)का केन्द्रीय सदस्य दण्डपाणी न्यौपानेसहित जनादेशका प्रवन्ध सम्पादक मिलन नेपाली, कमरेड नविन गौतम र कमला शर्मालाई प्रहरीले गिरफ्तार बेपत्ता पारेको तथा अन्य बेपत्ता पारिएकाहरूको स्मणमा आजको दिनलाई नेपालमा बेपत्ता योद्धा स्मृति दिवसकारुपमा मनाउँदै आइएको छ ।
आज कै दिन २०५६ जेठ ७ गते जनयुद्धरत तत्कालिन नेकपा (माओवादी)का केन्द्रीय सदस्य दण्डपाणी न्यौपाने (दीपेन्द्र शर्मा) जो जनादेश साप्ताहिकका नियमित स्तम्भकार समेत थिए उनलाई प्रहरीले काठमाडौंको टेबहाल सुन्धारावाट पक्राउ गरेको थियो । सोहि दिन दण्डपाणी न्यौपानेसहित जनादेशका प्रवन्ध सम्पादक मिलन नेपाली, कमरेड नविन गौतम र कमला शर्मालाई काठमाडौंको टेवहाल सुन्धारावाट प्रहरीले गिरफ्तार गरेरर राज्यले हालसम्म पनि उनीहरूको अवस्था सार्वजनिक गरेको छैन ।
जनयुद्धकालमा राज्यद्धारा पक्राउ गरिएका राजेन्द्र ढकाल, हरिलाल खनाल सहित सयौं माओवादी नेता कार्यकर्ता अहिलेसम्म पनि बेपत्ता नै रहेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका अनुसार जनयुद्धको समयमा विभिन्न पक्षवाट कब्जामा ल्याइएका झण्डै ७ हजार मानिसहरू अहिले पनि वेपत्ताको अवस्थामा छन् ।
१४ औं राष्ट्रिय बेपत्ता योद्धा स्मण दिवसका सन्र्दभमा वेपत्ता पारिएका व्यक्तिहरूको सम्मानमा आज बेपत्ता योद्धा परिवारले दिउसो १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा राष्ट्रिय नाँचघर जमलमा वेपत्ता स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव, एमाले नेता प्रदीप ज्ञावाली, नेपाली कांग्रेसका नेता रमेश लेखक, नेपाल समाजवादीकी नेतृ हिसिला यमी, आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगायतका नेताहरू उपस्थित हुने आयोजकले जनाएको छ ।