काठमाडौं । जी–७ सम्मेलनमा भाग लिन जापानको हिरोसिमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग साइड लाईन भेटवार्ता गरेका छन्।
सो भेटवार्तामा दुई देशबीचको रणनीतिक सम्बन्धका बारेमा छलफल भएको बताइएको छ।
साथै, दुई देशबीच भएको एफटीए कार्यान्वयनको दिशामा हालसम्म भएको प्रगतिको समीक्षा गरिएको थियो।
भेटपछि प्रधानमन्त्री मोदीले भनेका छन्, ‘प्रधानमन्त्री ऋषि सुनकसँगको भेट निकै फलदायी रह्यो। हामीले व्यापार, नवप्रवर्तन, विज्ञान र अन्य यस्ता क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल गरेका छौं।’
#WATCH जापान: प्रधानमंत्री नरेंद्र मोदी ने हिरोशिमा में यूके के प्रधानमंत्री ऋषि सुनक के साथ द्विपक्षीय बैठक की। pic.twitter.com/zSOjsdiZtR
— ANI_HindiNews (@AHindinews) May 21, 2023