काठमाडौ. । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माबीच भेटवार्ता भएको छ ।
प्रदेशका समस्यालाई लिएर मुख्यमन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । कर्णाली विकास निर्माणमा पछि परेकाले आगामी आर्थिक वर्षको बजेटमा न्याय गर्न भेटघाट गरिएको शर्माले बताए ।
उनले भने, ‘राजनीतिक जटिलता भएर फुकाउन प्रधानमन्त्रीज्यूलाई भेटेका होइनौँ । कर्णालीमा सबै ठिकठाक चलिराखेको छ । आगामी आर्थिक वर्षको बजेटमा न्याय गर्नुपर्छ र ठुला आयोजनामा बजेट विनियोजन गर्नुपर्छ भन्ने माग छ ।’