जी-सेभेन शिखर सम्मेलनमा जेलेन्स्की, रुसमाथि कडा प्रतिबन्ध लगाउने तयारी

काठमाडौं । जापानको हिरोसिमामा भइरहेको जी सेभेन नेताहरुको शिखर सम्मेलनमा अचानक युक्रेनी राष्ट्रपति भ्लोदिमेर जेलेन्स्की पुगेका छन्। आज सम्पन्न हुन लागेको सम्मेलनको अघिल्लो दिन नै जेलेन्स्की जापान पुगेका हुन् ।

जी-सेभेन सम्मेलनको निर्णय आउनु अघि नै भएको युक्रेनी राष्ट्रपतिको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । छापामार शैलीमा भएको जेलेन्स्की भ्रमणले जी-सेभेन सम्मेलनमा सहभागी नेताहरुलाई रुसको निन्दा गर्दै विज्ञप्ति निकाल्न बाध्य बनाएको थियो ।

युक्रेनलाई अत्याधुनिक लडाकु विमान खरिदका लागि अमेरिकी स्वीकृति प्राप्त भएपछि जेलेन्स्की शनिबार अपराह्न हिरोशिमा पुगेका हुन् ।

जी-सेभेनमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापान समावेश छन् । तर यो वर्ष अन्य आठ राष्ट्रहरूलाई आमन्त्रित गरिएको छैन । रुस युक्रेन युद्धमा अहिलेसम्म तटस्थ बसेको मुलुक भारतले पनि युक्रेनलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । जी-सेभेन नेताहरु रुसी युद्ध अन्त्यका लागि कडा प्रतिबन्धहरु लगाउन सहमत भएका छन् ।

कमेन्ट गर्नुहोस्