पत्रकारको न्यूनतम तलब ३४ हजार १२४ रुपियाँ बनाउन प्रस्ताव

काठमाडौं। न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरूको न्यूनतम तलब ३४ हजार १२४ रुपियाँ बनाउन प्रस्ताव गरेको छ ।

आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई समितिका अध्यक्ष सङ्गीता खड्कासहितका सदस्यहरूले भेटेर चौथो तहको पत्रकारको न्यूनतम तलब ३४ हजार १२४ बनाउन प्रस्ताव गरेकी हुन् ।

पत्रकारको न्यूनतम पारिश्रमिकका विषयमा मन्त्रिपरिषद्ले निर्णय गराउने कुरा भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष खड्काले जानकारी दिइन् ।

मन्त्रिपरिषद्ले सो प्रस्ताव निर्णय गरेमा आगामी आर्थिक वर्षदेखि नयाँ तलबमान कायम हुने उनले बइन् ।

पाँचौँ तहको ३७ हजार ५३८ रुपियाँ र वरिष्ठ सम्वाददाता, भाषा सम्पादक र सहायक सम्पादक वा सो सरहको तलब ४० हजार ९०० सय बनाउनुपर्ने प्रस्तावित छ ।

यस्तै, कार्यालय सहयोगीको तलब २५ हजार २०० कायम गरिएको छ । कार्यालय सहायकको २७ हजार ७२० रुपियाँ प्रस्तावित छ ।

यसअघि पत्रकारको न्यूनतम तलब २४ हजार ६ सय कायम गरिएको थियो ।

कमेन्ट गर्नुहोस्