कुनै पार्टी वा नेतासँग भुटानी शरणार्थी प्रकरणमा सम्झौता हुन्न : कृष्णवहादुर महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नफस्ने र निर्दोष नउम्कने स्पष्ट पारेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष नफस्ने र दोषी नउम्कने बताएका हुन् ।

महराले कुनै पार्टी वा नेतासँग भुटानी शरणार्थी प्रकरणमा सम्झौता नहुने बताए । प्रवक्ता महराले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने र निर्दोष फस्ने स्थिति नआउने बताए ।

उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा सरकारले कारबाही प्रक्रिया अघि बढाएपछि सकारात्मक प्रभाव पारेको छ । यसलाई अघि बढाउनुपर्छ । पदाधिकारी बैठकले सरकार खुट्टा नकमाएर अघि बढोस् हामी समर्थन गर्न तयार छौं भनिसकेको छ’ महराले भने, ‘यो प्रकरणमा प्रधानमन्त्रीसहित ओली देउवाबीच भेटघाट भइराखेको छ । यस विषयमा आशंका व्यक्त भएको छ । यो कतै सम्झौता हुन्छ कि भन्ने छ । यो सम्झौता गर्ने विषय होइन ।’

कमेन्ट गर्नुहोस्