अनुचित रुपमा बढाउन खोजिएको इन्टरनेटको मूल्य रोक्न सांसद पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेटको मूल्य अनुचित रूपमा बढाउन लागेको भन्दै रोक्न सरकारसँग माग गरेका छन्।

आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रूपमा मूल्य बढाउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। अनुचित रूपमा बढाउन खोजिएको इन्टरनेटको मूल्य रोक्न उनले माग गरे।

कमेन्ट गर्नुहोस्