सुख्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध

चितवन । सुख्खा पहिरो खस्दा आज दिउँसो साढे २ बजेदेखि मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।

मुग्लिन–नारायणगढ सडक खण्डको इच्छाकामना गाउँपालिका ६ को तुइनभिर नजिकै ३ नं.पुलमा सुख्खा पहिरो खसेको थियो । पहिरो खस्ने क्रम नरोकिएकाले यातायात र मानिस हिँड्नलाई समेत रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

अवरुद्ध बाटो खोल्नका लागि प्रहरी र सडक डिभिजन कार्यालयबाट परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजय पण्डितले जानकारी दिनुभयो । पुनःनिर्माणको लागि सो स्थानमा पहाड काटिएको थियो । एक महिनादेखि पहाड काट्ने काम रोकिएको छ ।

कमेन्ट गर्नुहोस्