व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यको अध्यक्षतामा गएको महासङ्घको प्रतिनिधिमण्डलसँग भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले निर्वाधरुपमा पेसा व्यवसाय गर्न आग्रह गर्दै व्यवसाय सञ्चालनका क्रममा कुनै समस्या उत्पन्न भएमा त्यसलाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको  बताए ।

भेटमा महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यले माग अनुसार कच्चा सुनको आपूर्ति नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए । उनले व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीति नियम निर्माण गरी बजारको माग अनुसार सुनको आपूर्ति व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

कमेन्ट गर्नुहोस्