शरणार्थी ठगी प्रकरण : ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, १६ फरार

काठमाडौं। प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

आज(सोमबार) काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
प्रहरीले मुद्दा चलाउन सिफारिस गरेको ३२ मध्ये १६ जना थुनामा रहेका छन् भने १६ जना फरार रहेका प्रतिवेदनमा उल्लेख गरेको छ ।

याे पनि पढ्नुस  नक्कली शरणार्थी प्रकरण : प्रशासन र न्यायलय सुधारकालागि राजनीतिक हस्तक्षेप नगर्न भट्टराईको अपिल

सरकारी वकिल कार्यालयले प्रहरीबाट प्राप्त भएको अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोग पत्र तयार गर्ने गर्नेछ । सरकारी वकिल कार्यालयले प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन सकेर बुधबारसम्म जिल्ला अदालतमा अभियोग पत्र दायर गरिसक्ने जनाएको छ ।

सरकारी वकिल कार्यालयले क–कसलाई के—के मुद्दा लगाउने भन्ने विषयमा अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मात्रै अन्तिम निर्णय गर्ने छ ।

कमेन्ट गर्नुहोस्