काठमाडौं । घरेलु मैदानमा सोमबारदेखि सुरु काभा महिला भलिबल च्यालेन्ज कपको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्।
च्यालेन्ज कप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा सुरु भएको हो।
भलिबल दिसवसको अवसर पारेर संघले च्यालेन्ज कपको सुरुवात गरेको हो। प्रतियोगिताको सुरुवात गर्दै प्रधानमन्त्री प्रचण्डले ६ वर्षअघि आफ्नै पालामा भलिबल राष्ट्रिय खेल घोषणा भएको स्मरण गर्दै च्यालेन्ज कपको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए।
नेपाल भलिबल संघको आयोजनामा भएको च्यालेन्ज कपमा नेपालले किर्गिस्तानसँग खेल्दै च्यालेन्ज कपको सुरुवात गरेको छ। साविक विजेता समेत रहेको नेपाल उपाधिमाथि ह्याट्रिक गर्ने योजनामा रहेको छ।
समुह ए मा रहेको नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्ने तालिका छ।