स्थानीयले लखेटेपछि दाङबाट रातारात गायब भए सीमान्त गुरु

काठमाडौं । अनुहार हेरेर रोग निको पार्ने भन्दै ठगी गर्ने सीमान्त गुरुको नामले परिचित भरत भट्टराई दाङबाट गायब भएका छन् ।

स्थानीयसँग पैसा लिएरै उपचार गर्ने भन्दै तुलसीपुर उपमहानगरपालिका–६ स्थित त्रिसिद्धेश्वरी मन्दिर पुगेका भट्टराईलाई जिल्ला प्रशासनले कार्यक्रम गर्न रोक लगाएको थियो ।

भट्टराईलाई तुलसीपुरकै उद्योगीको टिमले त्यहाँ पुर्‍याएको थियो । जेठ ७ गते आइतबार सो मन्दिरमा दाङबासीलाई भेट्ने कार्यक्रम राखेकोमा उनलाई भेट्न हजारौँ स्थानीयको भीड लागेको भएपनि स्थानीयले भने उनको विरोध गरेका थिए ।

उपचारको नाममा ठगी गरेको भन्दै स्थानीयले विरोध गरेपछि जिल्ला प्रशासान कार्यालयले उनको कार्यक्रममा रोक लगाएको थियो ।

उनले अशिक्षित एंव रुढिवादमा विश्वास गर्ने बिरामीलाई हेरेर छोएर निको पार्ने भन्दै अन्धविश्वासमा पारी ठगिधन्दा चलाउँदै आएका थिए ।

कमेन्ट गर्नुहोस्