काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढालाई सिंहदरबारमा भेटेर बधाई दिएका छन् ।
भेटका क्रममा घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले सगरमाथा चढेर सहासिक र कृर्तिमानी कार्य गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रशंसा गरेका थिए । यो सहासिक कदम सबैका लागि प्रेरणादायि हुने प्रधानमन्त्रीको भनाई थियो ।
रोल्पामा जन्मेका हरिबहादुर बुढाले घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो सगरमाथा आरोही बन्दै विश्व कीर्तिमान बनाएका हुन्। कृत्रिम खुट्टाको सहयोगमा उनले सगरमाथा आरोहण गरेका हुन्।
उनले सन् २०१० मा ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा तालिबानको एम्बुसमा परेर दुवै खुट्टा गुमाएका थिए।