संघीय संसदको संयुक्त बैठक आज बस्दैँ, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदको संयुक्त बैठक आज बस्दैँछ । बैठक सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न दिउँसो ४ बजे संयुक्त बैठक बस्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवज्ञबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको बैठक आजै बिहान ११ बजे बस्नेछ। प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ।

कमेन्ट गर्नुहोस्