प्रदेशका ठुला तथा गौरवका आयोजनालाई अगाडि बढाउन मुख्यमन्त्री शाहको प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले आज बिहान भेटवार्ता गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रदेशका ठुला तथा गौरवका आयोजनालाई अगाडि बढाउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेको सचिवालयले जनाएको छ।

याे पनि पढ्नुस  कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कैलालीको गेटा मेडिकल कलेजको विषयमा पनि छलफल भएको बताइएको छ। मुख्यमन्त्री शाह नेतृत्वको टोलीले मङ्गलवार अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि भेटेको थियो।

कमेन्ट गर्नुहोस्