काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शपथग्रहण गरेका छन्।
शीतल निवासमा मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेलले र राज्यमन्त्री प्रमिलालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) ले मंगलबार महतोलाई वनमन्त्री र कुमारीलाई राज्यमन्त्रीमा सिफारिस गरेको थियो। सोहीबमोजिम प्रधानमन्त्रीले उनीहरूलाई नियुक्त गरेका थिए। जसपाबाट यसअघि अशोक कुमार राई शिक्षा मन्त्री छन्।