तीन महिनापछि संसदमा चन्द्र भण्डारी – ‘बिजुली र ग्याँस बाल्ने, बाटो काट्न सिकाउने पाठ्यक्रमै राखौं’

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन्।

आजको बैठकमा उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राखे । उनले बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो काट्दा के गर्ने सिकाउने पाठ्यक्रमको हुनुपर्ने बताएका छन् ।

उनले आफुले जस्तो नियति अन्य नेपालीले भोग्न नपरोस् भन्ने तर्फ सचेतना फैलाउनुपर्ने औल्याएका हुन् ।

उनले आफूलाई उद्धार र उपचार गर्न सहयोग गरेकोमा सरकारलाई धन्यवाद पनि दिएका छन्। ‘सांसद, डाक्टर र सरकारलाई आभार र धन्यवाद व्यक्त गर्दछु,’ उनले भने।

भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए। घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ मा निधन भएको थियो।

फागुन ४ मा भण्डारीलाई थप उपचारका लागि भारत लगिएको थियो। उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर गत वैशाख १७ मा स्वदेश फर्किएका थिए।

कमेन्ट गर्नुहोस्