काठमाडौं । गृह मन्त्रालयले भोली काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौंँ उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो ।
मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले आज एक सूचना जारी गरी भोटो देखाउने जात्राको अवसरमा काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक विदा दिइएको जानकारी दिएका छन् ।
ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत भोली जाउजाखेलमा भोटो देखाउने जात्रा हुँदैछ । जात्राका क्रममा राष्ट्रपतिले पनि जाउलाखेलमा उपस्थित भएर भोटो देखाउने जात्रा हेर्ने प्रचलन रहेको छ ।