काठमाडौं । १५ दिनदेखि माइतिघरमा अनसरन बसेकी बिनु यादवले अनसन तोडेकी छन् ।
उनी पवन कठायतले जबजस्ति करणी गरेको मुद्धामा आफुले न्याय पाउनुपर्ने भन्दै माइतिघरमा अनसन बसेकी थिइन ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनसन स्थल माइतीघर मण्डला पुगेर अनसनकारी यादवलाई जुस खुवाएर अनसन तोडाएका हुन् ।
सो क्रममा मन्त्री श्रेष्ठले ५ बुँदे सहमति कार्यान्वयनको दृढता समेत व्यक्त गरेका थिए ।
गृहमन्त्रालय र अनसनरत विनु यादवबीच भएको सहमतिमा अनसनरत बिनु यादव र मन्त्रालयका प्रवक्ता जितेन्त्र वस्नेतले हस्ताक्षर गरेका थिए ।