सांसद बनाउँदा होटलमा भेटेर पैसा लिएको पुष्टि गरे सजाय भोग्छौं : रास्वपा महासचिव ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुकुल ढकालले ढाकाकुमार श्रेष्ठसँग पैसा मागेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

केही सञ्चारमाध्यममा आफू र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचारको पुष्टि गर्न चुनौती दिएका छन्।

पार्टीबाट निष्काशित ढाकाकुमार श्रेष्ठले आफूलाई समानुपातिक सांसद बनाउँदा अर्याल र ढकालले उक्त रकम लिएको दाबी गरेका थिए।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड ५० लाख रुपैयाँ मागेको टेलिफोन संवाद बाहिरिएपछि चर्चामा आएका डा.ढाकाकुमारले सभापति रवि लामिछाने निकट अर्याल र ढकाललाई पार्टी कार्यालय र रेष्टुराँमै पुगेर पैसा दिएको दाबी गरेका थिए।

उक्त विवाद आएपछि रास्वपाले ढाकाकुमारलाई सांसदबाट हटाएको थियो।

कमेन्ट गर्नुहोस्