काठमाडौं । भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। राजदूत शर्माले सामाजिक सञ्जालमार्फत् विदेशमन्त्री जयशंकरको कार्यकक्षमा आज भएको भेटबारे जानकारी दिएका छन्।
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल गर्न राजदूत शर्माले विदेश मन्त्री जयशंकरसँग भेट गरेको देखिन्छ। भेटमा दुबै जनाले आगामी दिनमा नेपाल भारत सम्बन्धलाई झन् गहिरो र मजबुद् बनाउने इच्छा र प्रतिबद्धता व्यक्त गरेको राजदूत शर्माले उल्लेख गरेका छन्।
यही जेठ १७ गतेदेखि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने भनिए पनि यसको औपचारिक रुपमा मिति भने सार्वजनिक गरिएको छैन ।