एमालेद्धारा संसद अवरोध हितराजले भने– संसद्‍मा आफ्नो कुरा राख्‍न पाइन्छ

काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिएपछि नेकपा (एमाले)का सांसदहरुले हुटिङ गर्दै संसद अवरोध गरेका छन् । जवाफमा माओवादीका सचेतक पाण्डेले संसदमा आफ्ना कुरा राख्न पाइने बताएका हुन् ।

माओवादी सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरी चढाउँदा भ्रष्टाचार भएको आरोप लगाएको भन्दै एमालेले संसद् बैठक अवरोध गरेको हो । त्यसमा बोल्नका लागि समय मागेपछि हितराजले समय मागेका थिए । उनलाई सभामुख घिमिरेले समय दिएपछि एमाले सांसदहरुले संसद्ले संसद्मै नाराबाजी सुरु गरे।

माअ‍ोवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले भने एमालेले सभामुखसँग भएको छलफल विपरीत स्टन्टबाजी गरेको बताएका छन् ।

“यो सार्वभौम संसद् हो, यहाँ सबैले कुरा राख्न पाइन्छ,” पाण्डेले भने, “सभामुखज्यूसँगको छलफलमा आआफ्ना कुरा राख्ने र बैठक अघि बढाउने समझदारी एमालेले उल्लंघन गरेको छ ।”

उनले एमालेले भित्र एउटा समझदारी गरेर संसद्मा स्टन्टबाजी गरेको भन्दै त्यस्तो कार्यले संसदीय मर्यादालाई सहयोग नगर्ने बताए ।

उनले प्रधानमन्त्रीले नै जवाफ दिने कार्यक्रम कार्यसूचीमा रहेको भन्दै एमालेले के खोजेको भन्दै प्रश्न उठाएका थिए । पाण्डे बोलेपछि एमाले सांसदहरु बेल घेराउ गर्दै नाजाबाजीमा उत्रिएका थिए

कमेन्ट गर्नुहोस्