सुरु भयो शरणार्थी प्रकरणका प्रतिवादीहरूको बयान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरुको बयान लिन सुरु भएको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा दिउँसो १ बजे बयान सुरु भएको हो । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

याे पनि पढ्नुस  शरणार्थी ठगी प्रकरण : ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, १६ फरार

नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूवगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ उठाइएको आरोप छ।

याे पनि पढ्नुस  एमाले सचिव टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

प्रकरणमा १६ जना पक्राउ गरिएको छ। उनीहरूलाई अदालतमा बयान गराइनेछ। १४ जना भने अझै फरार छन्। उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियहीतबिरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ।

कमेन्ट गर्नुहोस्