काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जेठ १४ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
विधान अधिवेशन, समसामयिक राजनीति लगायतका कार्यसूचिमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा सुरु हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।