प्रधानमन्त्री प्रचण्डले संसद्मा सम्वोधन गर्ने दलहरूबीच समझदारी

काठमाडौं । संसद्मा पशुपतिनाथको जलहरीका विषयमा उठेको विषयमा शीर्ष दलका शीर्ष नेताहरूबीच सहमति भएको छ । तीन दलका शीर्ष नेताहरूको बैठकमा सहमति भएको हो ।

पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादको विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्वोधन गर्ने सहमति भएको तीन दलका शीर्ष नेताहरूको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल एमालेले प्रतिनिधिसभा अरुद्ध गरेका कारण रोकिएको संसदको काम कार्बाही सुचारु गर्न राजनीतिक तहमा समझदारी कायम गर्न प्रधानमन्त्रीले आज बिहानै सिंहदरबारमा बैठक बोलाएका थिए ।

संसदको बैठक आज दिउँसो ४ बजे बस्दै छ ।

कमेन्ट गर्नुहोस्