काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलाई माफी दिन ढिला गर्न नहुने बताएका छन् । डा भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत चौधरीलाई माफी दिन ढिला गर्न नहुने बताएका हुन् ।
यस्तै, उनले नागरिकता विधेयक जारी गर्न ढिला गर्न नहुने समेत बताएका छन् । उनले हजारौँको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न किन्तु परन्तु गर्न नहुने बताएका हुन् ।
उनले भनेका छन्, ‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधान/ कानून बमोजिम राष्ट्रपतिबाट माफी मिनाहा दिन र हजारौँको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न अब कुनै किन्तु परन्तु नगरौं। लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं ।’