काठमाडौं । सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०८०/८१ संसदबाट पारित भएको छ।
शनिबार बसेको प्रतिनिधि सभा बैठकले कार्यक्रम पारित गरेको हो। सभामुख देवराज घिमिरेले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन्।
छलफलको क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका थिए।
नीति तथा कार्यक्रममाथि केही सांसदहरूले संशोधन गर्ने प्रस्ताव राखेका थिए। केही सांसदहरूले ती प्रस्ताव फिर्ता लिएनन्। तर ती प्रस्तावहरू अस्वीकृत भएका थिए।
यस्तै, जेठ १५ गते संसदको दुबै सदनमा अपराह्न ४ बजे बजेट पेस हुँदैछ।
बैठक आइतबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ।