काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको उपाधि जितेको छ।
स्ट्रासबर्गसँग १–१ को बराबरी खेल्दै पीएसजीले एक खेल अगावै फ्रेन्च लिगको उपाधि जीत हासिल गरेको हो । यो जीतसँगै पीएसजीले ११ औं पटक फ्रेन्च लिगको उपाधि उचालेको हो।
पीएसजीलाई च्याम्पियन बन्न एक अंकको खाँचो रहेको बखतामा शनिवार राती भएको खेलमा लियोनेल मेस्सीले गरेको गोलले पीएसजीलाई उपाधि जित्न सहज भएको हो। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको ५९औं मिनेटमा मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए।
तर, घरेलु टोली पीएसजीले लिएको सो अग्रता लामो समयसम्म कायम रहन भने सकेन। खेलेको ७९औं मिनेटमा केभिन गेमेरियोले गोल गरे पछि स्ट्रासबर्गले बराबरीमा मात्रै खेलेन, रेलिगेसनवाट जान पनि रोकियो।
यस बराबरीसँगै पीएसजीले ३७ खेलबाट ८५ अंक बटुलेको छ भने स्टार्सवर्ग ३७ खेलबाट ४० अंक जोडेर १५औं स्थानमा छ।