इटालियन सिरी ए फुटबल : युभेन्ट्सलाई हराउँदै मिलान च्याम्पियन्स लिगमा

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले जित निकालेको छ । आइतबार राति भएको खेलमा मिलानले युभेन्ट्सलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

मिलानको जितमा ओलिभर जेरुडले निर्णायक गोल गरे । जेरुडले खेलको ४० औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै मिलानले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

मिलानले ३७ खेलमा ६७ अंक जोडेको छ । मिलान चौंथो स्थानमा रहेको छ । युभेन्ट्स ५९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्