आर्थिक वर्षको बजेट निजी क्षेत्रका लागि सकारात्मक : अध्यक्ष चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आज सार्वजनिक भएको बजेट निजी क्षेत्रका लागि सकारात्मक आएको बताएका छन् । संसदमा आज प्रस्तुत आर्थिक वर्ष २०८०–८१ को बजेट ‘उद्योग सम्बन्धी जग्गाको हदबन्दी, जग्गाको भोगाधिकार लगायतका कुरा बजेटमा समेटिए जसरी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

बजेट भाषणमा राम्रो आउने गरेको भएपनि कार्यान्वयन नहुने हाम्रो परम्परागत समस्या रहेको ढकालको भनाइ छ । ‘बजेटबाट आर्थिक ऐनमा आएपछि मात्र समग्रमा भन्न सकिन्छ । निजी क्षेत्रले उठाएका मुद्दा समेटिएको छ । यसमा हामीले सकारात्मक रुपमा लिएका छौं,’ उनले भने ।

कमेन्ट गर्नुहोस्