प्रधानमन्त्री ‘प्रचण्ड’ भारत प्रस्थान (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री प्रचण्ड आज दिउँसो त्रिभुवन विमानस्थलबाट नेपाल वायुसेवा निगमको नियमित जहाजबाट नयाँदिल्ली उडेका हुन्। त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरूले बिदाइ गरेका छन्।

याे पनि पढ्नुस  नेपालसँगको सीमा समस्या समाधान गर्छौँ : मोदी

प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा दुई पक्षीय वार्ता गर्ने कार्यतालिका रहेको छ । भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री रमेश रिजाल कृषिमन्त्री वेदुराम भुसाल लगायत रहेका छन्।

याे पनि पढ्नुस  प्रधानमन्त्री प्रचण्ड र भारतका समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन

कमेन्ट गर्नुहोस्