प्रधानमन्त्री प्रचण्ड भारतमा, यसरी गरियाे स्वागत(तस्बिर )

विदेश मन्त्री अमेरिकामा भएका कारण राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् प्रधानमन्त्रीको स्वागत

काठमाडौं। चारदिने भारत भ्रमणका लागि आज (बुधबार) नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माकाअनुसार प्रधानमन्त्री प्रचण्डलाई विदेश राज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री प्रचण्ड र भारतका समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन

यसअघि प्रधानमन्त्री प्रचण्डको स्वागतको लागि भारतीय विदेशमन्त्री एस जयशंकर आउने चर्चा थियो । तर, उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न महिनामा हुने अमेरिका भ्रमणको तयारीको लागि अमेरिका गएका कारण राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्