राष्ट्रपति पौडेलद्धारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले आज फिजी,अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीमा गरी पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपतिले अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका आवासीय राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिनाको गैरअवासीय, रुसका मिलनराज तुलाधर बेलारुसको गैर आवासीय, डेनमार्कका डा. रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई टर्कीको गैर आवासीय राजदूतमा नियुक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्