काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेटवार्ता भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधि मण्डलले नेकपा माओवादी केन्द्रका नेताहरूसँग भेट गरेको हो । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध विस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको बताए । उपाध्यक्ष महराले छलफलमा दुई सरकारबीचमा सम्बन्ध विस्तार र दुई देशका जनताको बीचमा पनि सम्पर्कसम्बन्ध स्थापित गर्नेकुरामा छलफल भएको बताए ।
उनले भने, छिचुवान प्रान्तको सेक्रेटरी आउनुभएको थियो । उहाँको नेतृत्वमा आएको टिमसँग हामीले छलफल गर्यौँ । दुई पार्टीका बीचमा सम्बन्ध विस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भयो । दुई सरकारबीचमा समान सम्बन्ध विस्तार होस्, दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध होस्, भन्नेबारेमा केन्द्रित भएर कुरा गर्यौँ ।’’
भेटमा माओवादी केन्द्रका महासचिव देव गुरुङ लगायतका पार्टीका नेताहरूको उपस्थिति रहेको थियो ।